बैंकमा काम गर्न स्मार्टनेस चाहिन्छ

बैंकमा काम गर्न स्मार्टनेस चाहिन्छ


सफलताको शिखर चुम्नको लागि निरन्तरत मेहनत आवश्यक पर्छ । कामप्रतिको इमान्दारीता भयो भने मात्र सफलता हासिल गर्न सकिन्छ । हरेक क्षेत्रमा काम गर्ने मानिसह स्मार्ट हुन जरुरी छ । स्मार्टनेस विना मानिसहरुले सोचेजस्तो काम गर्न सक्दैनन् । यही मान्यता राख्ने एरिका महत एपेक्स डेभलपमण्ड बैंकमा तीन बर्षदेखि कार्यरत छिन् । यस क्षेत्रमा लागेर बैंकर बन्ने उदेश्य लिएकी महत बैंकको अप्रेसन डिपार्टमेन्टमा काम गर्दै आएकी छन् । नेपाल कर्मश क्याम्पसमा अध्ययनरत उनी यस क्षेत्रमा केही नयाँ काम गरेर देखाउन उदेश्य लिएकी छिन् ।

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं सानैदेखि नै यस क्षेत्रमा लाग्ने सोच भएका कारण महतले पढाई र बैंकको काम एक साथ अगाडि बढाउदै

\"Erikaआएको बताउछिन् । यस क्षेत्रमा प्रवेश गरेपछि बैंक र वित्तिय क्षेत्र बुझ्ने अवसर पाएको बताउर्दै उनले थपिन–‘धेरै कुरा सिक्ने अवसर पाइएको छ,बैकिङ्ग क्षेत्रमा धेरै अवसर छन् ।’ २१ बर्षकी महत दिनहुँ केही न केही नयाँ कुरा सिक्नु पाउनु र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्न पाउदा खुसी लाग्ने अनुभव सुनाउछिन् । बैकिङ्ग क्षेत्र राम्रो भएकाले आगामी दिनमा राम्रो बैङकर बन्ने लक्ष्य लिएकी महतले भन्छिन–

‘हरेक ठाउँमा काम गर्दा मन बचन र कर्मबाट गर्नुपर्छ, तब मात्र सफलताको सिंढी चढन सहज हुन्छ ।’

उनले देशभित्र नै केही गरौं भन्ने विद्यार्थीहरुको लागि बैंकहरुले लोनको सुविधा उपलब्ध गराउनु पर्ने मान्यता राख्दै विदेश जानेहरुले पनि विदेशमा सिकेका सिप लाई नेपालमा नै प्रयोग गर्नुपर्ने बताउछिन् ।

‘हरेक मानिसले केहीँ न केहीँ उदाहरण बनेर देखाउन पर्छ, उदाहरणबाट सबैले सिक्ने अवसर पाउन’, महत भन्छिन–मर्जरबाट बैंकहरुको सङ्ख्या दिनप्रतिदिन घटदै छ प्रतिस्पर्धा निकै छ, सानोतिनो महेनतले पुग्दैन ।’

योग्यता र क्षमता भए स्वदेशमा सबैतिर रोजगारीको अवसर छ, काम गर्ने इच्छा शक्ति भए विदेश जानु पर्दैन, नेपालमा लगानी गर्ने बैंक छन्, इमान्दारीता र मेहनत गर्ने हो भने नेपालकै माटोमा पनि सुन फलाउन सकिन्छ, उनी भन्छिन् ।

 

\"Erikaबैकिङ्ग क्षेत्रमा काम गर्दा स्मार्ट बन्नु पर्ने युनिर्फम पनि स्मार्ट चाहिने र व्यक्तित्व पनि राम्रो हुनु पर्ने हुनाले बैकिङ्ग क्षेत्रमा आकर्षण बढेको बताउदै महत थप्छिन–काममा कहिले थकाई भन्ने हुँदैन, जति धेरै महनेत त्यति धेरै सफलता जोडिएको हुन्छ ।’
समाजको लागि उदाहरणीय काम गरेर देखाउनु नै हरेक मानिसको लागि चुनौती भएको मान्यता राख्ने महत राम्रो काम गर्न सके सबैलाई नयाँ सन्देश दिन सकिने विश्वास व्यक्त गर्छिन ।

 

हरेक मानिसले बचत गर्ने बानी बसाल्न सुझाव दिदै उनी भन्छिन,‘थोपा थोपा मिलेर सागर बन्छ,बचतले गर्ने बानीले भविष्य सुरक्षित गराउँछ ।’ बैकिङ्ग क्षेत्रले प्रदान गर्ने सेवा सुविधा समान ढंगले प्रदान गर्नुपर्नेमा जोड दिदै महत साना र ठूलाको आधारमा कसैलाई पनि भेदभाव गर्न नहुने धारणा राख्छिन् ।

‘बैंकमा काम गरेर निकै खुसी छु, पैसा गन्न मात्र होइन, पैसाको बारेमा बुझ्नु पनि ठूलो कुरा रहेछ’ उनी भन्छन–काम गरेपछि दामको चिन्ता छैन, मेहनत र लगानी अनुसार अपग्रेट हुँदै जान्छ ।’

\"Erikaबैंकमा काम गर्नुको साथै उनी गीत गाउन पनि मन पराउँछिन । उनी भन्छिन–फुर्सदको समयमा गाउन र नाँच्न मन पराउछु, गायनले र डान्सले काम गर्ने थप उर्जा ल्याउछ । गीत संगीतको क्षेत्रमा पनि केही गर्ने सोच रहेको महतको बताइन । महतले गीत संगीत जीवनको अभिन्न अंग भएको बताउदै भनिन, फुर्सदको समयमा आर्र्ट गर्न र स्केच बनाउन मन पर्छ । जीवनमा केही नयाँ र केही नौलो काम गर्ने आत्मविश्वास सहित महत बैकिङ्ग क्षेत्रमा भविष्य निर्माण गर्ने खोजी रहेकी छिन् ।