काठमाडाैं – नेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् ।
बिहीबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न ‘नांगेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि सहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताए ।
उनले भने, ‘हामी समृद्ध र स्वस्थ नेपाल निर्माण गर्ने हाम्रो साझा सपना साकार पार्ने दिशामा एक महत्वपूर्ण पाइला चाल्दैछौँ । जहाँ शुद्ध पानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ ।’
यसैगरी मन्त्री यादवले शुद्ध, सुरक्षित खानेपानी एक सेवा नभई यो नागरिकको अधिकार भएको तथा मानव जीवनको मूलभूत आवश्यकता पनि भएको जिकिर गरे । ‘आज यहाँ सुरु गरिएको यो योजना हाम्रो प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो । म विश्वस्त छु । यहाँका प्रत्येक दाजुभाइ दिदीबहिनीहरूले यसको प्रत्यक्ष लाभ उठाउनेछन्,’ मन्त्री यादवले भने ।





About Us
प्रतिक्रिया