सर्लाहीका प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध ७ लाख ७९ हजार को भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्लाहीको धनकौल गाउँपालिकाका वडा नं. ६ स्थित कृषि बाटो निर्माण कार्यमा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना विरुद्ध उजुरी दायर गरेको छ । 

कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्य भन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाइएको हो । गलत प्रतिवेदनमा  झुट्टा बिल भरपाई बनाई ७ लाख ७९ हजार भन्दा बढी रकम भुक्तानी दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अयोगले जनाएको छ ।

उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।