‘रेमिट्यान्स’लाई ‘ई–मनी’ बनाउँदै १८ अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबार, प्रहरीले समात्यो ११ जिल्लामा फैलिएको २१ जनाको गिरोह


काठमाडौं – आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबारमा संलग्न रहेका २१ जना व्यक्ति  पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा भन्सार छली, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली इत्यादि रहेका छन् । उक्त व्यक्ति तथा समूहले अवैध कारोबार बापत प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरूको नाममा  केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ‘ई मनि’ बनाई सो रकमलाई रेमिट्यान्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिट्यान्स बापतको रकम हिसाब मिलान गरेको देखिएको छ ।

उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरीतको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।