काठमाडौं – काठमाडौं उपत्यकाका केही आज स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति कटौती हुने भएकाे हाे ।
बिजुली बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म हुने छैन । आज खानेपानी/धापासी फिडरअन्तर्गतको बानियाँटार क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी १७ गते मण्डिखाटार र धुम्बाराही क्षेत्रमा र १९ गते बसुन्धरा र धुम्बाराही क्षेत्रमा पनि बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति नहुने प्राधिकरणले जनाएकाे छ ।





About Us
प्रतिक्रिया