ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो। यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बैंकले शेयर संख्या भने ताेकेकाे छैन।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।