काठमाडाैं– कुमारी बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ। इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक कोर बैंकिङ्ग ट्रान्फरमेसन विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि प्रोसेस इनोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ।
इन्फोसिस को फिनाकल कोर बैंकिङ्ग सफ्टवेरले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया