काठमाडौं– कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ। केन्द्रीय बैंकले आज एक सर्कुलर जारी गर्दै वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था गरेको जानकारी दिएको हो ।
योसँगै अब कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले नीति तथगा कार्यविधी बनाउँदा आन्तरिक जिम्मेवारी तथा कार्य विभाजन, जोखिम मूल्याङ्कन प्रणालीको आधार तथा पद्धति, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन पद्धति, अस्वाभाविक तथा शंकास्पद कारोबारको पहिचान पद्धति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का – नियमावली, २०७० बमोजिम गर्नुपर्ने कार्यहरु सम्पन्न गर्ने पद्धति जस्ता व्यवस्थाहरु अपनाउनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै नीति तथा कार्यविधि सम्बन्ध कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि नीति तथा कार्यविधि सम्बन्धी निर्देशन, ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी निर्देशन, सूचीकृत व्यक्ति पहिचान सम्बन्धी निर्देशन, उच्च पदस्थ व्यक्ति पहिचान सम्बन्धी निर्देशन, वास्तविक धनी पहिचान सम्बन्धी निर्देशन, सरलीकृत ग्राहक पहिचान सम्बन्धी निर्देशन, बृहत ग्राहक पहिचान सम्बन्धी निर्देशन, ग्राहक तथा वास्तविक धनी पहिचान अद्यावधिक गर्ने सम्बन्धी निर्देशन, जोखिम व्यवस्थापन सम्बन्धी निर्देशन सहित १९ वटा निर्देशन जारी गरेको छ।



About Us
प्रतिक्रिया