काठमाडौं – केन्द्रीय बैंकले ‘वित्तीय समावेशीकरण नीति, २०८१’ जारी गरेको छ। बैंकले शुक्रबार नीति जारी गर्दै वित्तीय स्थायित्वलाई मध्यनजर राखी वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण गर्ने उद्देय रहेकाे बताएकाे छ।
केन्द्रीय बैंकद्वारा जारी नीतिमा वित्तीय समावेशीकरण नीति अन्तर्गत समावेशी वित्तीय पहुँच, वित्तीय साक्षरता वित्तीय शिक्षा, वित्तीय ग्राहक संरक्षण, डिजिटल प्रविधिमा नवप्रवर्तन लघु साना तथा मझौला उद्योग व्यवसायलाई प्रवर्धन, लैङ्गिक तथा वातावरणमैत्री बैंकिङ्ग प्रवर्धन, दिगो र फराकिलो आर्थिक विकास, वित्तीय पूर्वाधारको विकास, वित्तीय आचरणसम्बन्धी नियामकीय भूमिका लगायतका विषय समेटिएका छन्।
वित्तीय समावेशीकरणको सम्बन्धमा विगतमा तर्जुमा गरिएका योजना तथा कार्यक्रम र त्यसको कार्यान्वयनको क्रममा जारी गरिएका निर्देशन र अभ्याससमेतका आधारमा निम्न बमोजिमको वित्तीय समावेशीकरण नीति अवलम्बन गरेकाे छ।



About Us
प्रतिक्रिया