आगामी वर्षको बजेट दिउँसै आउन सक्ने, १ बजेका लागि बोलाइयो बैठक


काठमाडौं – आगामी वर्षको बजेटका लागि  प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक दिनको १ बजेको लागि बोलाइएको छ। हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक हुँदै आइरहेकाे छ । यसअघिका बजेट दिउँसो ४ बजे मात्र सार्वजनिक हुँदै आएका थिए भने यो पटक दिउँसो १ बजेकाे लागि नै बैठक बोलाइएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्दै अर्को बैठक १५ गते दिनको १ बजे बस्ने र त्यसका लागि दिनको १२.४५ भित्रमा सदन छिरिसक्न सांसदलाई आह्वान गरेका छन्। सरकारको अहिलेको तयारीमा कुनै फेरबदल नभएमा यो पटकको बजेट दिउँसै आउने निश्चित भएको छ।