काठमाडौं– बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित चार छाता संगठनहरुले सोमबार संयुक्त विज्ञप्ति निकालेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति निकाल्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि अनर्गल प्रचार तथा कार्यालय तोडफोड गरेको घटनाप्रति आपति जनाएका हुन् ।
साथै छाता संगठनहरूले अवाञ्छित गतिविधिहरु लाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानिय सरकार तथा सम्बन्धित अन्य निकायहरुसँग माग गरेका छन् ।
चार संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु लाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौं। पछिल्ला दिनहरुमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ।’
यस्ताे छ छाता संगठनहरूद्वारा जारी विज्ञप्ति :







About Us
प्रतिक्रिया