काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।
प्रमुख खाद्यान्न बाली र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम पुनर्संरचना गर्ने सरकारले घोषणा गरेको छ । त्यस्तै, नीजि क्षेत्रको सहयोगमा कृषि बजार सञ्चालन गर्ने समेत बताएको छ । आयातित तरकरीमा विषदी परिक्षण गरिने पनि सरकारले बताएको छ ।






About Us
प्रतिक्रिया