बढ्यो एचआईडीसीएलको नाफा


काठमाडौं– जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ११.४ प्रतिशतले कम्पनीको खुद नाफा बढेको हो । योसँगै खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ पुगेको कम्पनीको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको वित्तीय आम्दानी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्षको दोस्रो त्रैमासमा कन्ट्र्याकवापतको आम्दानी पहिले ४३ लाख रुपैयाँ रहेकोमा चालु यस वर्षको दोस्रो त्रैमासमा बढेर १ करोड २३ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।