सोमबार सुनचाँदीको मूल्य स्थिर


काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ।आइतबार १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आजपनि सोही मूल्यमा कारोवार भइरहेको हो ।

आज तेजाबी सुनकाे मूल्य १ लाख १७ हजार ८ सय ५० रूपैयाँ रहेको छ । आइतबार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।