नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त


काठमाडौँ–नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् ।

अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन् । तर, सञ्चालक समितिको बैठकले एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयलाई नियुक्त गरेको हो । पाण्डेयले नेपाल बैंकमा हुँदा क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए ।