बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज एकैदिन २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।
केन्द्रीय बैंकले १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट आज बुधबार फेरि २५ अर्ब रुपैयाँ तान्न लागेको हो। यो निक्षेप संकलन उपकरणको पुस ५ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।
यो निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
मंसिर महिनाको अहिलेसम्म छैटौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न लागेको हो।



About Us
प्रतिक्रिया