काठमाडौं – एसवाई प्यानल नेपालको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। आज मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५ कित्ता (४०प्रतिशत) र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता (६० प्रतिशत) शेयर नेप्सेमा सूचीकृत भएको हो।
शेयर सूचीकृत भएपछि भोली बुधबारबाट कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६ रुपैयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसा सम्मको ओपनिङ्ग रेञ्च तोकेको छ।






About Us
प्रतिक्रिया