काठमाडाैं – लामिनार भिट्रिफाईड टायलले ‘लामिनार – मेरो सपनाको घर’ नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरुम मेक(ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल – २०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।
यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरुमको पूर्ण रूपान्तरण निःशुल्क प्राप्त गर्नेछन्।
मेक-ओभर यी प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ – Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।
कसरी सहभागी हुने ?
३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन (तपाईंको कोठा र आवश्यक परे बाथरुमलाई किन मेकओभर) चाहिन्छ भनेर भन्नुहोस् ।
यो भिडियोलाई public रूपमा तपाईँको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्।
@laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस्।
प्रविष्टि भिडियोहरूको मूल्याङ्कन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठसहितको आन्तरिक समितीले गर्नेछ।
विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टका आधारमा गरिने छ।
घर मेक – ओभर प्याकेज
प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् :-
प्रिमियम सामग्री
पूर्ण इन्टेरियर डिजाइन
टर्नकी कार्यान्वयन
Before-During-After फोटो/भिडियो डकुमेन्टेसन
भिडियो upload गर्ने अन्तिम मिति : २०२६ जनवरी २
विजेता घोषणा मिति : २०२६ जनवरी ७
लामिनार र यसका सहकार्य ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदायी स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन्।






About Us
प्रतिक्रिया