काठमाडौं – निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ। २३ र २४ भदौमा भएका घटनासम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाउने निर्णय गरेको हो।
नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश अवकाश पाएकै दिन आयोगले खापुङमाथि यो कदम चालेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै खापुङलाई जाँचबुझ तथा छानबिनका लागि आजैदेखि लागु हुनेगरी विदेश भ्रमण र स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरेको हो।







About Us
प्रतिक्रिया