काठमाडौं – मुलुकभरका संवेदनशील संरचना र निकायहरूको सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाले देशभर ६२ स्थानमा सुरक्षा फौज तैनाथ गरेको छ। सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत काठमाडौं उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी जम्मा ६२ स्थानमा १ हजार ६२८ जना सैनिक तैनाथ गरिएको छ।
हाल देशभरका कारागार, सरकारी निकाय, अदालत तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षाको अवस्था मजबुत पार्नका लागि यो तैनाथी गरिएको जनाएको हो ।
सेनाका अनुसार ५० वटा कारागार, ३ वटा विमानस्थल, एक नेपाल आयल निगम, ३ वटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूतावास क्षेत्र र कन्सुलेटलगायतका स्थानमा सुरक्षा बल परिचालन गरिएको जानकारी दिएको हो।
सेनाले यस कदमलाई सुरक्षात्मक सतर्कता र पूर्वतयारीका रूपमा व्याख्या गरेको छ। साथै, तैनाथीका क्रममा स्थानीय प्रशासन र सम्बन्धित सुरक्षा निकायहरूसँग सहकार्यमा काम गरिने बताइएको छ।






About Us
प्रतिक्रिया