बालेन र सुदन गुरुङविरुद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो अखिलको टोली


काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन्।

अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन्।

उनीहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन्।