काठमाडौं । मौसमविदहरुले आज अर्थात असोज १७ गतेदेखि असोज २० गतेसम्म भारीदेखि अति भारी वर्षाको जोखिम औंल्याएका छन् । गत वर्षको असोज १२ मा आएजस्तै भिषण वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम मौसमविदहरुले औल्याएका हुन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्षको जस्तै उच्च वर्षा हुँदा सातै प्रदेशका विभिन्न स्थान प्रभावित हुने जोखिम उच्च छ । भारीदेखि अति भारी वर्षा गराउनका लागि बंगलाको खाडीमा उत्पन्न वायु भारतको ओडिसा राज्यहुँदै नेपाल प्रवेश गरिसकेको छ ।
यसबाट, देशभरका विभिन्न स्थानमा डुबाउसँगै बाढी र पहिरोको जोखिम उच्च रहेको विभागको भनाई छ ।






About Us
प्रतिक्रिया