ईसेवामा भएको पैसा अब एभरेष्ट बैंकको एटीएमबाट पनि झिक्न मिल्ने 

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

डिजिटल वालेट ईसेवामा भएको रकम अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने भएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ईसेवा र एभरेस्ट बैंकबीच कार्डलेस ट्रान्जेक्सनका लागि सम्झौता भएको हो । ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्का र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसईओ) विजय शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । पाँच हजार रुपैयाँ भन्दा बढी रकम झिक्नको लागि भने भिजा नेटवर्कमा लाग्ने शुल्क नै यसमा पनि लागू हुने कम्पनीले जनाएको छ ।  

ईसेवाले प्रयोगकर्ताहरुका लागि हरेक पटक नयाँ इनोभेटिभ प्रोडक्टहरु ल्याइरहेको र यो सेवा पनि नेपालमै पहिलो पटक अदभूत सेवा रहेको ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए । यसले आम प्रयोगकर्तालाई खुद्रा कारोबार गर्न सहज हुने उनको भनाइ छ ।

एभरेष्ट बैंकका डीसीईओ शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरुसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए । सहज रुपमा सबै ईसेवा प्रयोगकर्ताहरुले बैंकको एटिएम मेसिनबाट रकम झिक्न सक्ने उनको भनाइ छ ।