माछापुच्छ्रे बैंकद्धारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

माछापुच्छ्रे बैंकद्धारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता


काठमाडौं-माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्तरकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पीओएस, एएफसी सेवाको महत्व बारे अवगत गराईएको थियो ।

अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।