नेपाल इन्भेष्टमेण्ट बैंकको ४० लाख ४० हजार इकाइ ऋणपत्र बिक्री खुला

नेपाल इन्भेष्टमेण्ट बैंकको ४० लाख ४० हजार इकाइ ऋणपत्र बिक्री खुला


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आजदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले बैंकले ४ अर्ब ४ करोड रुपियाँबराबरको प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गरेको हो ।

४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गरेको हो ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रमा आज फागुन १ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन पाइने छ । उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन १५ गतेसम्म लम्बिने छ ।