ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा अवरुद्ध

ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा अवरुद्ध


काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले शाखाबाट दिने बाहेकका बैंकिङ्ग सेवा अवरुद्ध गर्ने भएको छ ।

बैंकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द हुने जानकारी बैंकले एक सूचना जारी गर्दै दिएको होे ।

सिस्टम अपग्रेडको कार्य सम्पादन नहुँदासम्म सेवा बन्द हुने बैंकले जनाएको छ । सूचनाबाटै बैंकले आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा मागेको छ ।