सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल ह्स्पिटलमा छुट
October 7, 2018

काठमाडौं, २१ असोज । सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेन्टल ह्स्पिटल एण्ड इन्ष्टिच्यूट अफ डेन्टल साइन्स, चाबहिलका बीच बैंकका कर्मचारी, ग्राहकवर्गहरु र कार्डवाहकहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा २० प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट पेमेन्ट सलुसन्सका् प्रमुख सुरेस राज महर्जन र हिमाल डेन्टल ह्स्पिटल एण्ड इन्ष्टिच्यूट अफ डेन्टल साइन्सका तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भटले हस्ताक्षर गर्नु भएको छ ।

यस अन्तर्गत सिद्धार्थ बैंकका सम्पूण ग्राहकवर्गहरुले स्वास्थ्य सेवा लिंदा १५ प्रतिसत सम्म र कर्मचारी तथा युुएनओ क्रेडिट कार्डवाहकहरुले भुक्तानी गर्दा २० प्रतिसतसम्मको विशेष छुट उपभोग गर्न सक्नु हुनेछ ।

बैंकले हाल देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १,००० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

update news