सन लाईफद्धारा रक्तदान
September 23, 2018

काठमाडौं, ७ असोज । यही असोज ६ गते शनिवार सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले स्थापनाको एक वर्षको अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोवार शुरु गरेको नौ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा नौ हजार आठ सय २१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ भने यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी दुुई अर्व पु¥याउन ६० करोड मुल्यकोे (आईपिओ) शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।

कम्पनीले यही आश्विन ६ गते समाजिक सेवा दिवसकै अवसरमा कर्मचारी र अभिकर्ताहरुद्धारा काठमाडौमा २९ जना, दाङ्गमा २२ जना, नेपालगंजमा १३ जना, डडेल्धुरामा १५ जना गरी कुल ७९ जनाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

update news