प्रभुु इन्स्योरेन्स र नर्भिक हष्पिटलबिच सम्झौता
September 11, 2018

काठमाडौं, २६ भदौ । प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बिच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ डाईरेक्टर राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद सुविधा प्राप्त गर्न सक्नेछन् ।

update news