गुल्मीको रिडी बजारमा रावा बैंकको शाखा
December 20, 2018

काठमाडौं, ५ पुस । गुल्मी जिल्लाको रुरु गांउपालिका वडा न. १ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय रिडी बजारको कारोबार शुभारम्भ गरिएको छ ।

यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २५ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।

update news