सिटिजन्स बैंक र लाइफ इन्स्योरेन्सबीच बैङकासुरेन्स सम्झौता
May 1, 2016

काठमाडौ । सिटिजन्स बैक इन्टरनेशनल र लाइफ इन्स्योरेन्स कर्पोरशनबीच बैङ्कासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सिटिजन्स बैकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पीआर मिश्राले एक कार्यक्रमको बीच सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापछि सिटिजन्सका बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट बैङकिङ सेवाका साथ आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम बुझाउन दावी भुक्तानी लगायतका सम्पूर्ण बीमा सेवा लिन सक्ने छन् ।

हाल बैंकको ५६ शाखा, ४६ एटीएम र ८९ ओटा शाखा सहित बैङ्किङ सेवाबाट सेवा प्रदान गर्दै आएको छ ।

update news