राष्ट्रिय व्याडमिन्टन खेलाडि तामाङलाई सिटिजन्स बैंकको सहयोग
July 20, 2016

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राष्ट्रिय व्याडमिन्टन खेलाडि नङसल तामाङलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मासिक रु २५,०००÷–(अक्षेरुपी पच्चीस हजार मात्र) उपलब्ध गराउने गरि एक वर्षको सम्झौता गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

बैंकले यस कार्यलाई आफ्नो सानो सुरुवातको रुपमा लिएकोे र यस्तो कार्यले अन्य राष्ट्रिय खेलाडिहरुलाई पनि खेलको साथसाथै पेशागत वृत्ति विकासको कार्यमा अघि बढ्न हौसला मिल्ने विश्वास बैंकले लिएको विज्ञप्तिमा छ ।

राष्ट्रिय खेलाडि नङसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिएकी छिन् र पदकहरु समेत जित्न सफल भएकी छिन् । हालै उनले २०१६ को बाह«औैंैैं साउथ एशियन खेलको महिला टिम इभेन्टस् र महिला एकल उपाधिमा काश्य पदक र २०१० को एघारौैं साग खेलको महिला टिम इभेन्ट्मा पनि काश्य पदक जित्न सफल भएकी थिईन् ।

उनले राष्ट्रिय पदकहरु ( बाह«औैं कृष्ण मोहन मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०७२ को महिला एकल र महिला डबल , अन्नपूर्ण कर्पोरेट व्याडमिन्टन टोर्नामेन्ट २०७२ को महिला एकल , ३६औं राष्ट्रिय व्याडमिन्टन च्यामपियन २०६९ को महिला टिम इभेन्टस् , ९औं कृष्ण मोहन मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०६९ को महिला डबल , चौथौं पुष्पलाल मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०७१ को महिला एकल ,छैठौं राष्ट्रिय खेल २०६८ को महिला टिम इभेन्टस् , महिला एकल, महिला डबल र मिक्स डबल, सातौं र आठौं कृष्ण मोहन मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०६७ र २०६८ को महिला डबल र मिक्स डबल, मदन भण्डारी व्याडमिन्टन टोर्नामेन्ट २०६७ को महिला एकल उपाधिहरुमा स्वर्ण पदक जितेकी थिईन् ।

update news