नबिल बैंकको नौलो योजना
May 1, 2016

काठमाडौं । बैंकहरुबीच प्रतिस्पर्धा चलिरहेको बेला नविल बैंकले ग्राहकहरुलाई लक्षित गर्दे नबिल स्मार्ट बैंक, नबिल सेयर कर्जा र सेयर खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकमैत्री योजना अगाडि सारेको बताएको छ ।

नबिल स्मार्ट बैंक नबिलको हालको मोबाइल बैंकिङ सर्भिसको सुधारिएको संस्करण बताएको बताउदै बैंकले एउटा गा्रहकमैत्री मोबाइल एप्लिकशन रहेको बताएको छ । आगामी दिनमा आफ्ना सेवा र सुविधा थप परिमार्जन गर्दै लैजाने बैंकले बताएको छ ।

नबिल स्मार्ट बैंकले प्रयोगकर्ताहरुलाई एसएमएस र इन्टरनेटको माध्यमद्वारा नबिल बैंक मात्रको नभई ई–सेवा सञ्जालमा रहेका अन्य ३४ बैंक तथा वित्तिय संस्थाहरुमा रहेका खाताहरुमा वास्तविक समयको आधारमा रकम ट्रान्सफर गर्ने सेवा प्रदान गर्न सक्ने जनाएको छ ।

सेयर खाता एक नबिनतम बचत खाता हो, जसमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरुको शेयरमा लगानी गर्न इच्छुक व्यक्तिहरुका लागि सेवा र सुविधाहरु थप गरिएकाछन् ।

नबिल बैंकले आफ्नो पेशागत र प्रभावकारी बैंकिङ सेवाहरु आफ्ना ५२ वटा शाखाहरु, ९० वटा एटिएम र १५०० भुक्तानी प्रतिनिधिहरुको वृहत् नेटवर्क मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

update news