नेपाल बैंक  लिमिटेड
July 5, 2016

काठमाडौं। सरकारी स्वामित्वमा रहेको नेपाल बैकं लि. वि.सं १९९४ सालमा स्थापना भएको नेपालको पहिलो बैक हो । आव २०७२/७३ को तेस्रो त्रैमासिक वितिय विवरण अनुसार बैंक को कुल नाफा साढे चार गुणा बढेको छ ।  बैकंको गत जेठमा भएको साधारण सभाले दस बराबर २.३७ कित्ता हक शेयर जारी गर्ने प्रस्ताव स्विकृत गरको छ ।

शेयरको विवरण

पछिल्लो ब्यापार मुल्य ५७० रुपैया एक वर्ष को उच्च ब्यापार मुल्य ५०४ रुपैया , एक वर्षको न्युन ब्यापार मुल्य २२५ रुपौया रहेको छ। १२३ वटा शाखा रहेको यो र्बैकको ब्यवस्थापन समुहको अध्यक्षमा जर्नादन शर्मा आर्चाय रहेका छन भने देवेन्द्र प्रताप शाह सिईओ रहेका छन् । बैकंको प्रति शेयर आम्दनी ३३.८८ र पिइ  रेसियो १२.४ रहेको छ । त्यस्तै प्रति शेयर नेटर्वथ ८५.३२ र तरलताको अनुपात ३५.७६ प्रतिशत रहेको छ ।

 

NBL

कम्पनीको तेस्रो त्रैमासिक वितिय विवरण अनुसार आव २०७१/७२ र  ७२/७३ वर्ष बिच तुलना गर्दा बैकंका तेस्रो त्रैमासमा खुद नाफा साढे चार गुण बढेर एक अर्व चौसठी करोड पुगेको छ । खुद ब्याज आम्दानी ३२ प्रतिसत बढ्नाले र गत आव मा रहेको ४१ करोड ५१ हजार खराव कर्जा उठाउन बैक ब्यवस्थापन सफल हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

ब्याज आम्दानी १६.७९ प्रतिशत बढेको छ भने ब्याज खर्च ८ प्रतिशत घटेको छ। चुक्ता पूँजी को तुलनामा ५.५८ प्रतिशत वाट बढेर २५.४१ प्रतिशत पुगको छ। कर्मचारी खर्च १०.४७ प्रतिशत र अन्य सचांलन खर्च २.४४ प्रतिशत बढेको छ भने कुल सचांलन आम्दानी १६.२७ प्रतिशत बढेको छ ।

गत आवमा घाटामा रहेको वैदेशिक मुद्राको विनिमय वाट भएको आम्दानी सुधारीएर १ करोड ९८ लाख को नाफामा पुगेको छ ।

बैकंको स्थिर साम्पती १.५७ प्रतिशत बाट झरेर ४१ करोड ३१ लाखमा सिमित रहेको र भने अन्य सम्पती १६.२७ प्रतिशत बढेर ११ खर्व ९२ करोड पुगेको छ। बैकको शेयर धित्तोमा कर्जा ७.६८ प्रतिशत बढेर १ अर्व ६२ करोड पुगेको छ।

पूँजी कोष लागत २.११ प्रतिशत पूँजी कोषको पर्याप्तता ९.५५ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ३.६७ प्रतिशत रहेको छ। बैकको चुक्त्तत पूँजी आव २०७२/७३ को तेस्रो त्रैमासिक को चुक्ता पूँजी ६४ अर्व ६५ करोड २० हजार रहेको छ भने जगेडा कोष ऋणात्मक रहेको छ ।

बैंकको कुल निक्षेप ८२ अर्व ६३ करोड १२ लाख रहेको छ भने लागानी १७ अर्व ५९ करोड ५३ लाख रहेको छ भने कर्जा तथा सापटी ५९ अर्व ८२ करोड रहेको छ । त्यस्तै खुद ब्याज आम्दानी २ अर्व ९० करोड ७६ लाख ९६ हजार रहेको छ भने सचांलन नाफा १ अर्व २२ करोड १६ लाख ५२ हजार तथा बैकको खुद नाफा १ अर्व ६४ करोड २७ लाख ५० हजार रहेको छ  ।

update news