एनसिसी बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एनसिसी बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 

एनसिसी बैंकको केन्द्रिय कार्यालय र काभ्रे धुलिखेलमा रहेको आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ।  विभिन्न सेवामा छुट दिनेसम्बन्धि सम्झौता भएको हो।

सम्झौतापछि एनसिसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र कर्मचारीले रिसोर्टका सेवामा विशेष छुट पाउनेछन्।

रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट गर्नेछ।

यो बैंकको १२८ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर र  १०७ वटा एटिएम सञ्चालनमा छन्।