एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न योग्य लगानीकर्ताले चैत १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य रू. ४६६ र लगानी कोषको रू. १ हजार ५४० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।