सिभिल लघुवित्तको सधारण सभा आज, ३.६८ % लाभांश प्रस्ताव

सिभिल लघुवित्तको सधारण सभा आज, ३.६८ % लाभांश प्रस्ताव


बैकिङ्ग समाचार ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्न बिहीवार नवौं वार्षिक साधारण सभा बोलाएको छ । 

बोगनभिल्ला इन्भेष्टमेण्ट त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे कम्पनीले सभा बोलाएको हो । सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । 

संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।  

हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र रू. ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्र्रस्ताव गरेको हो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन १९ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।