मिर्मिरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मिर्मिरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ५ गते, बिहीबार अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा प्रयोजनार्थ चैत ८ गते बुकक्लोज गर्दैछ।

चैत ६ र ७ गते बजार नखुल्ने हुनाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १८ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले पञ्चकन्या ब्याङ्कवेट, बनेपा, काभ्रेपलाञ्चोकमा सो सभा बोलाएको हो।

यसका साथै, स्वेडा लघुवित्तलाई प्राप्तिपश्चात शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने प्रस्ताव पनि पारित गर्नेछ।