तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन

तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन


बैकिङ्ग समाचार ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ । बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

बैंकको ४ लाख ४९ हजार ७२८ कित्ता संस्थापक शेयर सर्वसाधरण शेयरमा परिवर्तन भएको हो ।

योसंगै बैंकको संस्थापक शेयरधनीको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।