राष्ट्र बैंकद्धारा ६ अर्बको ट्रेजरी बिल जारी

राष्ट्र बैंकद्धारा ६ अर्बको ट्रेजरी बिल जारी


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र निष्कासन गरेको छ ।

केन्द्रीय बैंकले सोमबार ९१ दिने र १८२ दिने गरी २ प्रकृतिका ऋणपत्रको निष्कासन गरेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रिय बैंकले जनाएको छ ।

४ अर्ब रुपैयाँ बरावरको ९१ दिनको र २ अर्ब रुपैयाँ बरावरको १८२ दिनमा परिपक्क हुने सरकारी ऋणपत्र नविकरण गर्न लागेको हो सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ ।

यसभन्दा अघि फागुन २३ गते केन्द्रीय बैंकले निष्कासन गरेको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर २.५७ प्रतिशत रहेको थियो ।

बित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा ट्रेजरी बिल खरिदका आवेदन धेरै आवेदन आउने हुँदा व्याजदरमा पनि वृद्धि भएको हुन्छ । तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता संकुचन तर्फ उन्मूख देखिएकाले व्याजदर बढ्दो गतिमा देखिएको छ । ट्रेजरी बिलको रेटलाई वित्तीय प्रणालीको तरलताले प्रभाव पार्ने गर्छ।