ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले गत माघ १४ गतेको १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात कारोबार गर्न सकिने गरी हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले उक्त बोनस शेयर वापतको ३४ करोड ९५ लाख २९३ दशमलव ४४ कित्ता शेयर फागुन २५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो । फागुन २६ गतेदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा जम्मा भएपछि अब कारोबार गर्न सकिनेछ । 

कम्पनीले गत पुस २८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यसपश्चात शेयर अभौतिकीकरण गराउने हरुको हकमा पनि क्रमश जम्मा गर्दै जाने भएकाले यथाशिघ्र शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

साथै २०७५ साल चैत १५ गतेपश्चात शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको रकम भुक्तानी गर्नुपर्ने बैंकको भनाइ छ ।

बोनस शेयरको कर बापतको रकम शेयरधनीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा कार्यालय लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटल जेबिबिएल बोनस ट्याक्स फिस्कल इयर ०७६/७७ को खाता नम्बर ०३६०१०४०२६५४६१ मा जम्मा गुर्नपर्ने बैंकको भनाइ छ । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।