तीन कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति

तीन कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति


बैकिङ्ग समाचार ।

दुई लघुवित्त कम्पनी सहित तीन कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावरले आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएका हुन । मनकामना स्मार्ट लघुवित्तले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ विक्रीको तयारी गरेको हो । यस कम्पनीले उक्त आईपीओ विक्रीको लागि बोर्डमा फागुन १४ गते निवेदन दिएको हो । 

त्यस्तै जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको  हो । यो आईपीओ विक्रीका लागि कम्पनीले फागुन १७ गते बोर्डमा निवेदन दिएको हो । सयपत्री हाइड्रोपावर लिमिटेडले भने आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि रू. ९ करोड बराबरको ९ लाख कित्ता आईपीओ विक्रीको अनुमति मागेको हो ।

 कम्पनीले फागुन २० गते निवेदन दिएको बोर्डले जानकारी गराएको छ । मनकामना स्मार्ट लघुवित्त र जिवन विकास लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल र सयपत्री हाइड्रोपावरको एनआईबिएल एस क्यापिटल लिमिटेड रहनेछ ।