शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म


बैकिङ्ग समाचार ।

शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।

 कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले शेयरधनीलाई २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको छ । 

साथै  सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 यो प्रस्ताव  गर्नका लागि कम्पनीले चैत ९ गते साधारण सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे हुने छ ।