आज पनि निफ्राको शेयरमूल्य सर्वाधिक बढ्यो

आज पनि निफ्राको शेयरमूल्य सर्वाधिक बढ्यो


बैकिङ्ग समाचार ।

साताको पहिलो दिन आज (आइतबार) पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमुल्य सर्वाधिक बढेको छ । कारोबार शुरु भएको केहि बेरमै निफ्रा ९ दशमलव ८९ प्रतिशतले बढेको छ । यो दिन प्रतिकित्ता ५४ का दरले बढेर कम्पनीको शेयरमूल्य ६०० पुगेको हो ।  

कारोबार खुला भएको पहिलो दिन देखिनै यस कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको हो । त्यस्तै, यो समाचार तयार पार्दासम्म नेप्से १९ अंकले बढेर ३६ करोड भन्दा बढीको कारोबार भएको छ । 

आइतवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भैरहेको छ । बजार खुला भएको पाँच मिनेटमै कम्पनीको रू. ८ करोड ८६ लाख १९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबारसँगै यो दिन कम्पनीको शेयरमूल्य पनि सर्वाधिक बढेको छ । 

यस अवधिसम्म ९ दशमलव ८९ प्रतिशत बढेर निफ्राको शेयरमूल्य रू. ६०० पुगेको हो । छैठौ कारोबार दिन पनि निफ्राको शेयर खरिद माग उच्च भएकाले मूल्यमा पनि उच्च बृद्धि देखिएको हो ।

पाँच मिनेटको कारोबार अवधिसम्म निफ्राको ९ लाख ५१ हजार ५८६ कित्ता शेयर खरिद माग रहेको छ । यो अवधिसम्म कम्पनीको शेयर विक्री गर्ने भने देखिएका छैनन् । आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४ ले बढेको हो ।