एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा


बैकिङ्ग समाचार ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत मंसिर ५ गते सम्मपन्न १४औं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीले गत कात्तिक २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको हो । 

कम्पीका अनुसार ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ । कात्तिक २४ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई कम्पनीले अनुरोध गरेको छ ।

कात्तिक २४ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुदाँ कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ । त्यस्तै सो मितिपश्चात रोक्का राखिएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा रोक्का नजनाइ जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त शेयरधनीहरुको शेयर रोक्कामा रहे÷नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस शेयर समेत रोक्कामा राख्नेतर्फ आवश्यक पहलकदमी गर्नसमेत अनुरोध गरिएको छ ।