नेपाल बंगलादेश बैंकद्वारा चावहिलको तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु

नेपाल बंगलादेश बैंकद्वारा चावहिलको तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोर्ड भुक्तानी सेवा शुरु


बैकिङ्ग समाचार, काठमाडौं।  
नेपाल बंगलादेश बैंकले चावहिलको चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा शुक्रबारदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

नगद रहित कारोवारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यले बैंकको चावहिल शाखाद्वारा सो स्थानमा नगद रहित भुक्तानी सेवा सुरु गरिएको हो ।

सुभारम्भ कार्यक्रमको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका ब्यापारी बर्गलाई क्युआर कोड वितरण गरी गरेका छन् । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी समेत गरेका थिए ।

डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगद रहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिंदै बैंकले साना तथा महिला उद्यमीहरुलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो ब्यावसाय बिस्तार गर्न प्रोत्साहित पनि गरेका थिए ।

बैंकले ग्राहक तथा ब्यापारी बर्गहरुको सुबिधालाई ध्यानमा राखी उक्त स्थानमा वोल्डलिंक काम्नुकेशनसंगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।