ग्रीनलाइफ हाइड्रोको आईपिओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता शेयर

ग्रीनलाइफ हाइड्रोको आईपिओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता शेयर

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओ बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आफ्नै कार्यालयमा  शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो। 

आईपिओमा कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १३ लाख १९ हजार ५९ रहेको क्यापिटलले जनाएको छ । आईपिओमा  माग भन्दा ६.९८ गुणा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।  जस अनुसार गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका छन् ।  त्यस्तै यी मध्ये २० कित्ता देखि १० हजार कित्ताको लागि आवेदन दिएकाबाट २ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली भएका छन्। 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुने छ । नतिजा प्रकाशित भएपछि बिजपाटीको सबडोमेन ipo.bizpati.com मा गएर कम्पनीमा ग्रिनलाइफ हाइड्रो छनौट गरि आफ्नो डिम्याट नम्बर हालेर आफुलाई शेयर परे नपरेको हेर्न सकिन्छ । 

 कम्पनीले माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्काशन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो।

बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो। यसमा सर्वसाधारणले २ कोर्द २६ लाख ९१ हजार ४ सय ९० कित्ताकोलागी आवेदन दिएका हुन् ।

 कम्पनीको अधिकृत पूँजी दुई अर्ब पचास करोड रहेको छ । जारी पूँजी एक अर्ब असी करोड रहेको छ । कम्पनीको जारी पूँजी मध्ये संस्थापकहरुले तत्काल चुक्ता गरेको पूँजी रकम एक अर्ब चवालीस करोड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पैंतालिस करोड तिन लाख साठि हजार पुगेको छ । सर्बसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुग्ने छ।

यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीले २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ ।