कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

कामना सेवा विकास बैंक ले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (फागुन ६ गते) अन्तिम दिन हो।

बैंकले माघ २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो। कुल निष्काशन गरिएको ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा बैंकलाइ केयर रेटिङ्ग नेपालले केयर आइआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ।