ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन


बैकिङ्ग समाचार ।

ग्रीन डेभलपमेन्ट बैंकले लाभांश परिमार्जन गरेको छ। बैंकको माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि प्रस्ताव गरिएको लाभांश परिमार्जन गरेको हो ।

जस अनुसार बैंकले ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

बैंकले यस अघि ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ नगद गरि कुल ५ .१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । \"\"