६ महीनामा स्वाभिमान लघुवित्तको नाफा २.४८ गुणा बढ्यो

६ महीनामा स्वाभिमान लघुवित्तको नाफा २.४८ गुणा बढ्यो


बैकिङ्ग समाचार ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय  विवरण आइतवार प्रकाशित गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा  चालू आवको दोस्रो त्रैमासमा  २ दशमलव ४८ गुणा वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १ करोड १२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ८० लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

चुक्तापूँजी रू. ७ करोड ६७ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ६ करोड ८६ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाउन सफल भएकाले पनि कम्पनीको नाफा बढ्न सहयोग पुगेको हो । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ७३ दशमलव १५, मूल्य आम्दानी अनुपात २१ दशमलव ६५ गुणा, तरलता अनुपात १८ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ९५ रहेको छ । हालसम्ममा कम्पनीले २७ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।